Friday, September 25

 उच्च अदालतका न्यायाधीश रामेश्वर रेग्मीको निधन

नेपालअखबार, काठमाडौँ ।  उच्च अदालतका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ। ब्रेन ट्युमरका कारण उनको उपचारका क्रममा गएराति ११ बजे ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुनप्रसाद आचार्यले जानकारी दिए।  ६१ वर्षीय रेग्मीको अहिले पशुपति आर्यघाटमा अन्त्यष्टि गरिँदैछ।

Advertisement

उनको निधनको शोकमा उच्च अदालत पाटनको सबै कामकारबाही  बन्द गरिएको छ। पर्वतका स्थायी बासिन्दा रेग्मीका श्रीमती र एक छोरी रहेका छन्

Advertisement
Advertisement

Advertisement