Sunday, July 26

दैनिक उपभोग्य वस्तुहरूको मूल्य वृद्धिलाई न्यूनीकरण गरी आपूर्ति व्यवस्था सहज गर्न सरकारसँग माग

नेपालअखबार, काठमाडौँ । राष्ट्रिय उपभोक्ता मञ्चले दैनिक उपभोग्य वस्तुहरूको मूल्य वृद्धिलाई न्यूनीकरण गरी आपूर्ति व्यवस्था सहज गर्न सरकारसँग माग गरेको छ ।

Advertisement

मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बिहीबार विज्ञप्ति जारी गर्दै नेपाली बजारमा पुनः चिनी, चामल तथा दलहनको अस्वाभाविक मूल्य वृद्धि हुन थालेको भन्दै  विगतमा जस्तै अहिले पनि चाडबाडको मुखमा कालोबजारी गर्न पल्केका व्यवसायीहरूले सिण्डिकेट गर्दै कालोबजारी गर्न थालेको दाबी गरेका छन् ।

Advertisement
Advertisement

उनले विभिन्न बहानामा चिनीको मूल्य ९५ रुपैयाँ प्रति किलोबाट बढेर ११५ रुपैयाँ पुगेको, मोटा चामलको मूल्य प्रति बोरा ६०० रुपैयाँसम्म बढेको र दलहनमा प्रति किलो ९० रुपैयाँ हाराहारीमा मूल्य बढ्दा उपभोक्ता मारमा परेको बताएका छन् ।

Advertisement

उपभोक्ता मन्चले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, पशुपक्षी तथा कृषि विकास मन्त्रीलाई मूल्य वृद्धि विरुद्ध ज्ञापनपत्र दिएको समितिका सभापतिलाई समेत ध्यानाकर्षण गराएको जनाएका छन् ।

u