Sunday, July 26

कोरोना महामारीको पाँच वर्षपछि पर्यटनका लागि खुला गर्दै उत्तर कोरिया

नेपालअखबार, काठमाडौँ । उत्तर कोरियाले विदेशी पर्यटकका लागि खुला गर्ने भएको छ।

Advertisement

कोरोना भाइरसको महामारी सुरू भएपछि सीमा नाका बन्द गरेको उत्तर कोरियाले पर्यटकका लागि एउटा सहर खुला गर्ने भएको बिबिसीले जनाएको छ।

Advertisement
Advertisement

चीनमा रहेको दुई वटा टुर अपरेटरहरूले उत्तर कोरियाको हिमाली शहर साम्जियोन भ्रमणका लागि खुला हुने घोषणा गरेको हो।

Advertisement

उत्तर कोरियाले कोरोना महामारी सुरू भएलगत्तै सन् २०२० देखि नै आफ्ना सीमा नाकाहरू बन्द गरेको थियो। गत वर्षदेखि मात्रै यसले खुकुलो पार्दै गएको हो।

सीमा नाका बन्द गरेपछि अत्यावश्यक वस्तुको आयात रोकिएको थियो। जसले गर्दा त्यहाँ खाद्य अभाव समेत भएको थियो।

‘अहिलेसम्म साम्जियोन सहर खुल्ने आधिकारिक रूपमा पुष्टि भएको छ। यद्यपि प्याङयोङ र अन्य शहरहरू पनि पर्यटकका लागि खुल्छ भन्ने लाग्छ,’ शेनयाङको केटिजी टुरले फेसबुकमा लेखेका छन्।  बेइजिङको कोर्यो टुरले पनि भ्रमण गर्न सकिनेबारे फेसबुकमा लेखेको छ। यसले आउँदो डिसेम्बरदेखि उत्तर कोरिया भ्रमण गर्न सक्ने सम्भावना रहेको बताएको छ।

साम्‍जियोन उत्तर कोरियाको सबैभन्दा अग्लो हिमाल पेक्टुको फेदमा पर्छ। यो शहर हिउँदे आकर्षणका लागि चिनिएको छ।

उत्तर कोरियाले पर्यटकका लागि शहर खोल्ने भनेपनि मित्र राष्ट्रका पर्यटकका लागि मात्रै खोलिएको हो वा सबै राष्ट्रका पर्यटकका लागि हो भन्ने खुलिसकेको छैन।