Monday, September 21

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५० ग्राम सुनसहित दुई जना पक्राउ

नेपालअखबार, काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ परेका छन्।

Advertisement

करिब ५० ग्रामको दुई वटा सिक्रीसहित पार्किङ क्षेत्रबाट दुई जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो।

Advertisement
Advertisement

पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका-५ की ३१ वर्षीया जानुका न्यौपाने र स्याङ्जा वालिङ नगरपालिका-५ का २२ वर्षीय नारायण थापा छन्।

Advertisement

एयर अरेबियाको उडानद्वारा बहराईनबाट दुबई हुँदै काठमाडौं आएकी जानुकाबाट नारायणले अवैध रूपमा सुन संकलन गरी लैजान लागेको अवस्थामा प्रहरीले दुबै जनालाई पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगलमा पठाइएको प्रहरीले जनाएको छ।