Sunday, August 2

घुससहित पक्राउ परेका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपालअखबार, काठमाडौँ । घुससहित पक्राउ परेका दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहन सिंह धामी र कृषि नायव प्राविधिक सहायक अशोक सिंह धामीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार  भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

Advertisement

उनीहरुविरुद्ध ९ लाख १२ हजार बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर भएको हो ।

Advertisement
Advertisement

कृषि समूहको बिल भुक्तानी गर्दा कमिसन बापत उनीहरुले सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले धामीद्वयलाई केही अघि नगद चार लाख बाह्र हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।

Advertisement

यस्तै अशोक सिंह धामीको नाममा काटिएको दुई लाख ५० हजार दरको दुई वटा चेक समेत बरामद भएको थियो ।

निजहरुविरुद्ध कुल ९ लाख १२ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।