Wednesday, May 13

पोखरामा मोडिफाई गर्ने र चर्को अवाज निकाल्ने १४९वटा मोटरसाइकल कारबाहीमा

नेपालअखबार, पोखरा । पोखरामा मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने तथा चर्को अवाजसहित डिष्टर्व गर्ने  १४९ वटा मोटरसाइकलहरु कारवाहीमा परेका छन्। यसै क्रममा हाल मिति २०८१ साल श्रावण ३० गते देखि भदौ २ गतेसम्म १४९ थान मोटरसाइकल नियन्त्रणमा लिई कारवाही प्रक्रियामा रहेको ।

यसमा पहिलो पटके देखि चौथो पटकेसम्म पक्राउ परेका छन् । यसवाट करिव रु.२२,००,००० (वाइस लाख) राजस्व उठ्ने अनुमान रहेको छ । अभियान संचालन गरेदेखि हालसम्म स्वरूप परिवर्तन गर्ने, ध्वनी प्रदुषण गर्ने जम्मा २०३५ थान मोटरसाइकललाई कारवाही गरी रू.२९,००,८०० जरिवाना गरी सकिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जान्कारी दिएकाे छ ।  कानूनी कारवाही : स्वीकृति नलिई सवारी साधनको साइलेन्सर, सिट, रंग, स्वरुप, नम्वर प्लेट, लुकिङ ग्लास, सक,ह्याण्डल, इन्जिन, चेसिसमा परिवर्तन गर्ने वा ध्वनी प्रदुषण हुने छ  ।

Advertisement

खालका पार्टपूर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को वमोजिम रू.१५,००० सम्म जरिवाना हुने व्यवस्था रहेको ।  यस कार्यमा संलग्न सवारी धनी र वर्कसप संचालकहरूलाई मुलुकी अपराध संहिता, २०७४ वमोजिम सार्वजनिक शान्ति भंग वा अभद्र व्यवहारको कसूरमा मुद्दा चलाउने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ  ।

स्वरुप परिवर्तन गरी सवारी साधन चलाउँदा पर्ने असरहरू ; दुर्घटना हुने, ध्वनी प्रदुषण, विरामी, वृद्दवृद्दा, वालवालिका तथा संवेदनशील क्षेत्र (अस्पताल स्कुल) मा प्रत्यक्ष असर पर्ने गर्दछ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले कसैले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको, स्वरुप परिवर्तन गरेको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको १०३ मा टेलिफोन गरी सूचना दिनको लागि अनुरोध छ ।