Tuesday, July 28

प्रकाश मोक्तानले आइतबार घरमै नागरिकता पाए

नेपालअखबार, भोजपुर। ३५ वर्षअघि परिवारको सम्पर्कबाट टाढिएर बेपत्ता बनेका प्रकाश मोक्तानले आइतबार घरमै नागरिकता पाएका छन्।

Advertisement

जिल्ला प्रशासन कार्यालय भोजपुरले उनलाई घरमै गएर नागरिकता दिने प्रबन्ध मिलाएको हो।

Advertisement
Advertisement

षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदासले उनलाई नागरिकता हस्तान्तरण गरेका थिए।

Advertisement

वडा अध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यालय प्रमुख विनोद अधिकारी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईंको रोहबरमा उनलाई नागरिकता दिइएको हो।

प्रकाश ३५ वर्षअघि काठमाडौंबाट हराएका थिए। परिवारका सदस्यसँग काठमाडौं आएका उनी एकाएक हराएका थिए। विद्या चापागाईं र कमलकुमारले निर्देशन, निर्माण गर्दै आएको हेर्ने कथा (युट्युव श्रृंखला) ले प्रकाशलाई उत्तरी गोरखाको चुम उपत्यकामा फेला पारेका थियो। प्रकाश त्यहाँ चौरी गोठालाको रूपमा थिए।

हेर्ने कथाकै माध्यमबाट परिवारको सम्पर्कमा पुगेका उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत नागरिकता वितरणमा सहजीकरण गरिदिन तत्कालीन गृहसचिव एकनारायण अर्याललाई निर्देशन दिएका थिए।