Wednesday, September 23

कांग्रेस नेता भण्डारीको सञ्चारमन्त्री गुरूङलाई बर्खास्त गर्न माग

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद शंकर भण्डारीले सरकार प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङलाई बर्खास्त गर्न माग गरेका छन्।

Advertisement

मन्त्री गुरूङले प्रहरी संगठनका प्रमुख (आइजिपी) लाई ‘अपशब्द’ बोलेको भन्दै भण्डारीले बर्खास्त गर्न विज्ञप्तिमार्फत् माग गरेका हुन्।

Advertisement
Advertisement

‘देशको सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनका प्रमुखलाई नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्रीबाट सार्वजनिक स्थलमा अपशब्द व्यक्त भएकोमा मैले त्यसको घोर भर्त्सना गर्दै प्रधानमन्त्रीले सञ्चार मन्त्रीलाई बर्खास्त गर्न आह्वान गर्दछु,’ भण्डारीले भनेका छन्।

Advertisement

मन्त्री गुरूङले गत शनिबार पोखरामा भएको पत्रकार सम्मेलनमा बोल्दै ‘आइजिपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए। मन्त्री गुरूङले अराजक अभिव्यक्ति दिएको भन्दै आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सचेत गराएका थिए।

यस्तो छ विज्ञप्ति;

457512068_2910890209059701_2855279786037478902_n-1725338536.jpg