Thursday, July 30

पाँचवटा संसदीय समितिको बैठक बस्दै

नेपालअखबार, काठमाडौँ । बुधबार पाँच वटा संसदीय समितिको बैठक बस्दैछ।

Advertisement

प्रतिनिधि सभा अन्तर्गतका दुई, राष्ट्रिय सभातर्फको दुई र संसदीय सुनुवाइ समितिको बैठक आज बस्न लागेको हो।

Advertisement
Advertisement

प्रतिनिधि सभातर्फको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे छलफल हुने कार्यसूची छ।

Advertisement

त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे नै बस्ने कार्यसूची छ। बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संसोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ।

राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे बस्नेछ। बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि विज्ञसँग छलफल गर्ने कार्यसूची छ। दिउँसो २ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा समितिको पाँचौं वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ।

संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा विभिन्न देशका लागि प्रस्तावित नेपाली राजदूतहरूको सुनुवाइ हुने कार्यसूची छ।