Thursday, July 30

बिहीबारदेखि सुकिलुम्बा विमानस्थलबाट हवाई उडान पुनः सञ्चालन हुने

नेपालअखबार, काठमाडौँ । तीन महिनादेखि बन्द रहेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ।

Advertisement

बर्खा सुरु भएसँगै खराब मौसमका कारण बन्द विमानस्थलबाट हवाई उडान पुनः सुरु हुन लागेको सुकिलुम्बा विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले बताए।

Advertisement
Advertisement

गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेयता उडान हुन सकेको छैन। त्यस्तै गत जेठ १७ गते काठमाडौंबाट इलामका लागि उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौं नै फर्केको थियो।

Advertisement

गत बिहीबार पनि उडान गर्ने भनिए पनि यात्रु नभएपछि उडान हुन सकेको थिएन।

इन्चार्ज सुन्दासले मौसममा सुधार नआउन्जेलसम्म उडान नहुने जानकारी दिँदै साताको प्रत्येक बिहीबार उडान गर्ने योजना रहेको बताए।

नेपाल एयरलाइन्सले २०७९ माघ १ गतेदेखि काठमाडौं–इलाम–काठमाडौं उडान भर्दै आएको थियो। यसअघि नेपाल एयरलाइन्सले सातामा आइतबार र बिहीबार दुइवटा उडान गरेको भए पनि अब भने बिहीबार मात्रै हुने जनाइएको छ।

फाल्गुनन्द सुकिलुम्बा विमानस्थल इलाम नगरपालिका–९ मा पर्छ। यहाँबाट पहाडी जिल्ला इलामसहित पाँचथर र भारतका विभिन्न यात्रुलाई काठमाडौं आवतजावतमा सहज हुँदै आएको छ।