Saturday, July 18

 नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल स्वदेश फिर्ता

नेपालअखबार,काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल स्वदेश फिर्ता हुनुभएको छ।  अध्यक्ष नेपाल यहि भदौ १६ गते रुस प्रस्थान गर्नुभएको थियो। शनिबार दिउँसो साढे १२ बजे अध्यक्ष नेपाल काठमाडौँ ओर्लिनुभएको अध्यक्षका स्वकिय लक्ष्मण रेग्मीले जानकारी दिनु भएको छ।

Advertisement

मल्टी पोलारिटी फोरम विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाल रुस जानु भएको थियो। सम्मेलन सेप्टेम्बर ३ देखि ६ तारिखसम्म चलेको थियो। साथै अध्यक्ष नेपालले साउथ एसियन इकोनोमिक फोरमको समूहगत छलफलमा पनि भाग लिनुभएको थियो।

Advertisement
Advertisement

रुसमा सम्पन्न कम्युनिष्ट नेताहरुको बैठकमा भाग लिन पुग्नु भएका अध्यक्ष नेपालले चीन, रुसलगायत देशका कम्युनिष्ट नेताहरुबीचको बैठकमासमते भाग लिनुभएको थियो।

Advertisement

अध्यक्ष नेपाल स्वदेश फर्किएसँगै पार्टीका विभिन्न केन्द्रीय विभाग, इन्चार्जसहितको जिम्मेवारी तोकिने तयारी रहेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिनु भएको  छ।