Friday, July 31

कोशीमा पानीको वहाव बढ्दै, २६ ढोका खोलियो

नेपाल अखबार,सुनसरी । तराई तथा पूर्वी पहाडी क्षेत्रमा वर्षा शुरु भएसँगै सप्तकोशी नदीमा पानीको वहाव बढ्ने क्रम सुरु भएको छ। तीन दिनदेखि लगातार परेको वर्षाका कारण सप्तकोशीमा पानीको वहावमा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
शुक्रबार मध्याह्न १२ बजे गरिएको मापना अनुसार कोशी ब्यारेज भएर एक लाख ७६ हजार ५१० क्युसेक प्रतिसेकेन्ड पानीको वहाव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए। अहिले कोशी ब्यारेजका २६ ढोका खुला गरिएको छ।
बिहीबार बिहान कोशी व्यारेज भएर एक लाख सात हजार क्युसेक प्रतिसेकेन्ड तथा बजे एक लाख १८ हजार क्युसेक प्रतिसेकेन्ड पानीको वहाव थियो। आज बिहान ९ बजे गरिएको मापन अनुसार भने एक लाख ५९ हजार ९४० क्युसेक प्रतिसेकेन्ड पानीको वहाव रहेको थियो।
कोशीमा पानीको वहाव बढ्ने क्रम शुरु भए पनि ब्यारेजमा कुनै खतरा नरहेको सुनसरीका प्रहरी नायब उपरीक्षक शर्माले बताए। रासस

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *