Tuesday, July 28

न्यूयोर्क पुगिन् परराष्ट्रमन्त्री राणा

नेपालअखबार, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभामा भाग लिन परराष्ट्रमन्त्री आरजु राणा देउवा शनिबार न्यूयोर्क पुगेकी छन्। स्थानीय समयअनुसार मध्याह्न क्यानाडाबाट उनी न्यूयोर्क आएकी हुन्।

Advertisement

मन्त्री राणालाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल, नियोगका कर्मचारी तथा स्थानीय सङ्घसंस्थाका प्रतिनिधिहरूले विमानस्थलमा स्वागत गरेका थिए।

Advertisement
Advertisement

क्यानाडाको टोरन्टोमा आयोजित महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी भएर उनी न्यूयोर्क आएकी हुन्।

Advertisement

मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्ने राष्ट्रसङ्घका विभिन्न फोरममा सहभागिता हुनेछिन्।

उनले मन्त्रीस्तरीय बैठकहरूमा सहभागिता जनाउने तथा विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका रहेको न्युयोर्कस्थित नेपाली नियोगले जानकारी दिएको छ।