Wednesday, July 29

जब मलेसियाका राजा सी चिनफिङसामु रोए

नेपालअखबार, काठमाडौँ । मलेसियाका राजा सुल्तान इब्राहिम चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ताका क्रममा भावुक बनेका छन्।

Advertisement

चारदिने भ्रमणका लागि राजा सुल्तान इब्राहिम नेतृत्वको प्रतिनिधिमण्डल शुक्रबार बेइजिङ पुगेको थियो। सोही दिन राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय भेटवार्ताका क्रममा मलेसियाका राजा भावुक बनेका हुन्।

Advertisement
Advertisement

राजा सुल्तानले भेटवार्ताका क्रममा आफू भावुक बनेको तस्बिर नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। तस्बिरमा उनी आँसु पुछ्दै गरेको दृश्य छ।

Advertisement

विभिन्न सञ्चारमाध्यमहरुले भेटवार्ताका क्रममा राजा सुल्तानका छोरा टुंकु अब्दुल जलीलबारे कुराकानी हुँदा राजा भावुक भएको उल्लेख गरेको छ।

मलेसियाका राजकुमार सन् २०१४ मा चीनमा कलेजो प्रत्यारोपण गरिएको थियो। आफ्नो छोराको उपचारका लागि चीनले लगाएको गुन सम्झेर राजा सुल्तान भावुक बनेको मन्त्री एन्गा कोरमिङले बताएका छन्।’शल्यक्रिया सफल भएको थियो। तर राजकुमार अझै पनि रोगमुक्त हुनुभएको छैन। सोही विषयमा कुरा हुँदा राजाले आँसु थाम्न सक्नुभएन,’मन्त्री कोरमिङले अखबार द स्टारसँग भनेका छन्।