
नेपालअखबार,काठमाडौँ । वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीका शाखा कार्यालय नवीकरण गर्न आह्वान गरेको छ । त्यसका लागि असोज मसान्तभित्र आवश्यक कागजातसहित नवीकरणका लागि निवेदन दिन भनेको हो ।
वैदेशिक रोजगार ऐन, २०६४ ले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र प्राप्त संस्थाहरूले हरेक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था गरेको छ ।
त्यस्तै स्वदेशमा शाखा कार्यालय सञ्चालन सम्बन्धी कार्यविधि, २०७९ ले शाखा कार्यालयको प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र नवीकरण गर्नुपर्ने भनेको छ । सोही अनुसार २०८१ को असोज मसान्तभित्र नवीकरण गर्न विभागले आह्वान गरेको हो ।
शाखा कार्यालय नवीकरणका लागि एक हजार रुपैयाँ शुल्क लाग्ने विभागले जनाएको छ ।

