Wednesday, August 5

सरकारको चरम लापरबाही देखियो : राष्ट्रिय जनमोर्चा

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय जनमोर्चाले बढिपहिरो तथा डुबानपछि खोज, उद्धार तथा राहतमा सरकारको चरम लापरबाही देखिएको जनाएको छ ।

Advertisement

अध्यक्ष चित्रबहादुर केसीले मंगलबार विज्ञप्ति जारी गर्दै देशका विभिन्न भागमा बाढी पहिरोको घटनाले ठुलो जनधनको क्षति भइरहेको तथा यातायातमा बाधा उत्पन्न हुनुका साथै नागरिक जीवन अस्तव्यस्त बन्न गएको उल्लेख गरेका छन् ।

Advertisement
Advertisement

बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुख प्रकट गर्दै राजमोले  बाढी पहिरोका विभिन्न घटनामा बेपत्ता भएका सबै नागरिकहरूको खोजतलासमा प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएको छ ।

Advertisement

‘बाढी पहिरोको रोकथाम र त्यसबाट हुने क्षतिलाई कम गर्नका लागि सरकारले प्रभावकारी पहलकदमी लिएको पाइँदैन’, अध्यक्ष केसीले भनेका छन्, ‘बाढी पहिरोबाट मानव बस्तीहरू, सडक बाटोघाटो, जग्गाजमिनमा रहेका जोखिमबारे सरकारको कुनै अध्ययन र तथ्याङ्क देखिँदैनन् ।’

सडकमा रहेका सवारी साधनहरू पहिरोमा परेर पुरिने क्रम दोहोरिइरहेको भन्दै यसले सरकारको चरम प्रकारको लापरबाही र दायित्वबोधको अभावलाई देखाएको जनमोर्चाको भनाइ छ ।

‘यो दुःखको कुरा हो कि बाढी पहिरो जोखिमताको प्रबलता बढेको बेलामा सडक यात्राको जोखिमताप्रति सरकार सचेत रहेको देखिँदैन । त्यसले गर्दा देशले बढी क्षति व्योहोर्नुपरेको छ’, जनमोर्चाले सबै समस्या समाधानका लागि सरकारले प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।