Wednesday, August 5

नेकपा एमालेले सचिवालय र संसदीय दलको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । बाढी पहिरोले मच्चाएको वितण्डाबारे छलफल गर्न नेकपा एमालेले सचिवालय र संसदीय दलको बैठक बस्दैछ।

Advertisement

प्रमुख सत्ता साझेदार दल एमालेले बिहान ११ बजे  पार्टी सचिवालय र दिउँसो १२ बजे संसदीय दलको बैठक डाकेको हो।

Advertisement
Advertisement

बैठकमा बाढी र पहिरोले पुर्‍याएको जनधनको क्षति, उद्धार र राहत लगायत विषयमा छलफल हुने सचेतक सुनिता बरालले जानकारी दिइन्।

Advertisement

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली सोमबार अमेरिकाबाट फर्किएका थिए। फर्किएलगत्तै उनले पार्टीको छुट्टाछुट्टै कमिटीको बैठक बोलाएका हुन्।

यसअघि सोमबार बसेको मन्त्रीपरिषद् बैठकले बाढी र पहिरोबाट निधन भएकाहरूको शोकमा तीन दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो।