Tuesday, May 12

चिनियाँ रेडक्रसले गर्‍यो एक लाख अमेरिकी डलर सहयोग

नेपालअखबार,काठमाडौँ । चिनियाँ रेडक्रस सोसाइटीले विपदका घटनामा परेका नागरिकहरूको सहयोगका लागि एक लाख अमेरिकी डलर सहयोग गरेको छ।

बुधबार नेपालीका लागि चीनका राजदूत चेन सङले गृह मन्त्रालय मार्फत उक्त चेक रकम नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेका हुन्।

Advertisement

पछिल्लो समय बाढी, पहिरो र डुबान लगायत प्राकृतिक विपत्तिमा परेका नागरिकहरूको सहयोगका लागि गृह मन्त्रालयमार्फत् नेपाल रेडक्रस सोसाइटीलाई उक्त रकम हस्तान्तरण गरेको गृह मन्त्रालयले जनाएको छ।

चेक हस्तान्तरणका क्रममा बोल्दै राजदूत सङले विपदमा परी ज्यान गुमाउने नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना व्यक्त गरे।

उनले विपदमा चिनियाँ सरकारले थप सामग्री समेत सहयोग गर्ने बचन दिएका छन‍्।