Wednesday, July 15

राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे नेपाल विश्वविद्यालय सम्बन्धी विधेयक

नेपालअखबार, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।

Advertisement

बुधबार राष्ट्रपति पौडेलले उक्त विधेयकको प्रमाणीकरण गरेको उपसचिव अर्चना खड्का अधिकारीले जानकारी दिइन्।

Advertisement
Advertisement

संघीय दुबै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि उक्त विधेयक पेश भएको थियो।

Advertisement

पेश भएको विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन्।