Wednesday, July 15

विभिन्न व्यक्तित्वहरुलाई सम्मान

नेपालअखबार,पोखरा । साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङमय प्रतिस्ठानले शुभकामना आदान प्रदान कार्यक्रमसहित विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । पोखरामा मंगलबार सो कार्यक्रम पोखराका वरिष्ठ शिक्षासेवी जोर्ज जोनको प्रमुख आतिथ्यतामा भव्यरुपमा सम्पन्न भएको थियो । सम्मानित हुनेहरुमा प्राज्ञ एवं विम्बकवि रमेश श्रेष्ठ, छन्दनायक माधव वियोगी, साहित्यकार पुष्कर अथक रेग्मी, साहित्यकार तारा पाखे, साहित्यकार एवं कलाकार दामोदर ढकाल दिपक, मुटु रोग विषेशज्ञ डा. बिश्वराज बराल, प्रथम शीत ईश्वर कृष्णबहादुर केसी, फिल्म निर्देशक घनश्याम लामिछाने, ब्रम्हाकुमारी विनिता पराजुली, साहित्यकार रविन्द्र माकाजु, तेक्वान्दो प्रशीक्षक निसान कार्की, संस्कृतिकर्मी तथा नृत्य निर्देशक टकबहादुर गुरुङ्ग, कलाकार कृष्णबहादुर सुनार र युवा उद्घोषक दीपेन्द्र शाही (देवेन्द्र) हुन् ।

Advertisement

उनीहरुलाई दोसल्ला, माला, मेडल सहित सम्मानपत्र प्रदान गरिएको हो ।

Advertisement
Advertisement

कवियित्री सकुन ज्ञवालीलाई विभिन्न संघसंस्थाले कदर एवं सत्कार पत्र, मायाको चिनोसहित भव्यरुपमा सम्मान गरेका थिए । सोही कार्यक्रममा छायाँकार विशाल बयलकोटी पनि सम्मानीत भए ।

Advertisement

प्रतिस्ठानका अध्यक्ष प्राध्यापक डाक्टर कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्राडा यमबहादुर पौडेलले स्वागत मन्तव्य र संचालन संचारकर्मी दीपेन्द्र शाही (देवेन्द्र) ले गरेका थिए ।

साहित्य सम्राट देशभक्त सिंह कुँवरले आफ्नो मन्तव्य व्यक्त गर्दै आफू ७ वर्षको उमेर देखि नै सिर्जनामा लागेको बताए । आफू सिर्जनामै रमाउने भन्दै बिना कारण टीकाटिप्पणी नगर्न अनुरोध गरे। निरन्तर लेखिरहने भन्दै उनले हरेक दिन सिर्जना ल्याए पनि नसकिने दावी गरे । कुनै दिन संसार छोडेर जानुपर्ने र जाँदा आफ्नो सम्पत्ति भनेकै सिर्जना मात्र बाँच्ने हो भने । जीवनशैली कसरी बढाउने भन्ने कुरा आफूले आफैँलाई चिन्नुपर्ने उनको भनाई थियो। आफू यो क्षेत्रमा लाग्नुको मुख्य प्रेरणाको स्रोत बुवा आमा भएको बताए ।

वरिष्ठ शिक्षासेवी जोर्ज जोनले कसैलाई सम्मान गर्नु उसको लागि प्रेरणा र ऊर्जा दिनु भएकोले यस कार्यमा कुँवर परिवारको सक्रियताको प्रशंसा गरे ।

विम्ब कवि रमेश श्रेष्ठले यो कार्य कसैको प्रतिभाको कदर र उर्जा प्रदान गर्नका लागि हो भने । समाज परिवर्तनका लागि देशभक्तका बुवाले योगदान गर्नुभएको बताउँदै आमा बुवाको नाममा पनि संस्था गर्न सुझाव दिए । उनले आमा बुवा भनेको देवताका पनि देवता भएको बताए ।

छन्दनायक माधव वियोगीले संर्घषको बेला, प्रगति हुन लाग्दा कुरा काट्नेले काटिरहने भएकाले त्यसको वास्ता गर्नु नहुने बताए ।

कवयित्री सकुन ज्ञवाली, साहित्यकार पुष्कर अथक रेग्मी, शिक्षसेवी क्षेत्रबहादुर कुँवर, फिल्म निर्देशक घनश्याम लामिछानेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि जोन, शिक्षासेवी क्षेत्रबहादुर कुँवर, कलाप्रेमी रामदेवी कुँवर, साहित्य सम्राट देशभक्त सिंह कुँवर, प्रतिस्ठानका अध्यक्ष प्राध्यापक डाक्टर कृष्ण केसी विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेका हुन् ।

कार्यक्रमका विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरूको उपस्थिति थियो । सो अबसरमा दसै तिहार , नेपाल सम्बत, छठ पर्वहरूको अपसरमा शुभकामना आदानप्रदान गरिएको थियो भने सहयोगीलाई मायाको चिनो प्रदान गरिएको थियो ।