Tuesday, August 18

तीन महिनामा ६ गैंडा मरे

नेपालअखबार,चितवन । चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैंडा मृत भेटिएका छन्।

Advertisement

साउन महिनायता ती गैंडा मृत भेटिएका हुन्।

Advertisement
Advertisement

एउटा गैंडा करेन्ट लगाएर मारिएको हो भने दुई गैंडा अन्य कारणले मरेका हुन्।

Advertisement

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा २१ वटा गैंडा मरेका थिए। जसमध्ये १८ गैंडा प्राकृतिक कारणले, दुई चोरी शिकारीले तथा एउटा गैंडा मृत्युको कारण खुल्न नसकेको उनले बताए।

पछिल्लो गणनाअनुसार नेपालमा एकसिंगे गैंडाको संख्या सात सय ५२ छ। चितवन राष्ट्रिय निकुञ्जमा मात्रै छ सय ९४ गैंडा छन्।