Sunday, July 26

क्रमिक बढ्दैछ चिसो, सतर्कता अपनाउन अनुरोध

नेपालअखबार,काठमाडौं ।देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ।

Advertisement

सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ। मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन्।

Advertisement
Advertisement

गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो। खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ। सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Advertisement

महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार यही असोज १५ गते काठमाडौँको न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस हाराहारी रहेकामा त्यसको एकसातापछि अर्थात हिजो र आज न्यूनतम तापक्रम १६ डिग्री हाराहारी कामय रहेको छ।

‘काठमाडौँमा चिसो निरन्तर रुपमा बढिरहेको छ,’ मौसमविद अधिकारीले भने, ‘पछिल्लो १५ दिनमा तापक्रम विस्तारै घट्दै गइरहेको छ।’ महाशाखाको विवरणअनुसार आइतबार काठमाडौंको न्यूनतम तापक्रम १४.७ डिग्रि सेल्सियस पुगेको थियो। सोमबार १६ डिग्री सेल्सियस छ। काठमाडौँसहित देशका अधिकांश स्थानमा ह्वात्तै तापक्रम घटेको छ। दुई सातामा ५ डिग्री तापक्रम घट्नुले चिसो बढाएको देखिएको मौसमविद् अधिकारीको भनाइ छ।

पोस्ट मनसुनपछि चिसो मौसम सुरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन उनले अनुरोध गरे।