Saturday, November 1

विश्व कोरोना अपडेटः संक्रमितको संख्या करोड नाघ्यो, मृतक ५ लाखमाथि

नेपाल अखबार, एजेन्सि । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करोड नाघेको छ।
वर्ल्डओमिटरको तथ्यांकअनुसार आइतबार बिहान ६ बजेसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ७४ हजार ५ सय ६७ पुगेको हो। तीमध्ये ५ लाख ६ सय २५ जनाको मृत्यु भइसकेको छ।
यस्तै विश्वभरमा संक्रमितमध्ये ५४ लाख ५२ हजार ८७ जना भने कोरोनाबाट मुक्त भएको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ।
स्वास्थ्य तथा जनसंख्या मनत्रालयका अनुसार शनिबार अपराह्नसम्म नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ। तीमध्ये २८ जनाकाे मृत्यु भएकाे छ भने २ हजार ८ सय ३४ बिरामी निकाे भएका छन्।

Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *