Sunday, April 19

लेबनान र प्यालेस्टाइनीमाथिको आक्रमणविरुद्ध अनेरास्ववियू क्रान्तिकारीले प्रदर्शन

नेपालअखबार,काठमाडौं । लेबनान र प्यालेस्टाइनीमाथिको आक्रमणविरुद्ध अनेरास्ववियू क्रान्तिकारीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

बिहीबार काठमाडौंको माइतीघर मण्डलामा उनीहरूले आक्रमणको विरोधमा प्रदर्शन गरेका हुन् ।

Advertisement

यसअघि, नेकपा माओवादी केन्द्र, नेकपा मसाल, नेकपा समाजवादी लगायतका राजनीतिक दलका नेता र नागरिक समाज, अगुवाहरूले इजरायलले प्यालेस्टाइन र लेबनानका नागरिकहरूमाथि गरिरहेको आक्रमणको विरोध गरेका थिए ।

उनीहरूले बुधबार संयुक्त वक्तव्य निकालेर लेबनान र प्यालेस्टाइनीमाथिको आक्रमण रोक्ने कार्यमा पहल लिन अन्तर्राष्ट्रिय समुदायलाई अपील गरेका थिए ।