Wednesday, July 29

स्थानीय तह उपनिर्वाचनका लागि तोकियो अधिकृत कार्यालय रहने स्थान

नेपालअखबार, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन, २०८१ को लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकिएको छ।

Advertisement

आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद सापकोटाले बिहीबार एक विज्ञप्‍ति जारी गर्दै निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको जानकारी दिए।

Advertisement
Advertisement

उपनिर्वाचन हुने जिल्लामा रिक्त नगरपालिकाका प्रमुख/उपप्रमुख र गाउँपालिकाका अधयक्ष/उपाध्यक्षको निर्वाचनका लागि स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहनेछ।

Advertisement

त्यस्तै वडाध्यक्षको निर्वाचनका लागि सम्बन्धित वडाको केन्द्र रहेको स्थानमा कार्यालय रहने आयोगले जनाएको छ।

मंसिर १६ गते ३९ स्थानमा उपनिर्वाचन हुँदैछ।