Sunday, November 2

भारतमा कोरोना : एकै दिन ६ सय भन्दा धेरैको मृत्यु, २० हजारमा संक्रमण

नेपाल अखबार, एजेन्सि। कोरोना संक्रमणका कारण भारतमा एकै दिन ६ सय भन्दा धेरैले ज्यान गुमाएका छन्। २० हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।
वल्र्डओमिटरका अनुसार शनिबार भारतमा ६ सय १९ जनाले ज्यान गुमाएका छन्। आइतबार बिहान सात बजेसम्मको तथ्यांक अनुसार भारतमा अहिलेसम्म मृतकको संख्या १६ हजार तीन सय आठ पुगेको छ।
शनिबार एकै दिन त्यहाँ २० हजार एक सय ३१ जना संक्रमित थपिएका छन्। अहिलेसम्म त्यहाँ संक्रमितको संख्या पाँच लाख २९ हजार पाँच सय ७७ पुगेको छ।
संक्रमितमध्ये अहिलेसम्म तीन लाख १० हजार एक सय ४६ जना उपचारपछि निको भएका छन्। दुई लाख तीन हजार तीन सय २८ जना उपचार को क्रममा छन्। उपचारको क्रममा रहेकामध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ।
 

Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *