Wednesday, July 29

दुई डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस

नेपालअखबार,काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्न सिफारिस गरेको छ।

Advertisement

आइतबार बसेको बढुवा समितिको बैठकले डिआइजी किरण राणा र डिआइजी डा.सुन्दर प्रसाद ह्योजुलाई एआइजी बढुवामा सिफारिस गरेको हो।

Advertisement
Advertisement

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा कार्यरत राणा प्रशासन समूहबाट र नेपाल प्रहरी अस्पताल महाराजगन्जमा कार्यरत ह्योजु प्राविधिक समूहबाट बढुवाका लागि सिफारिस भएका हुन्।

Advertisement

उमेरहदका कारण एआइजी श्यामलाल ज्ञवाली अवकाश भएपछि रिक्त भएको स्थानमा राणालाई बढुवा गरिएको हो। राणा पनि १२ दिनपछि  उमेर हदकै कारण अवकाशमा जाँदैछिन्।