Tuesday, July 28

कात्तिक ९ देखि ११ गतेसम्म नेपालमा वैज्ञानिक सम्मेलन हुने

नेपालअखबार,काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने भएको छ।

Advertisement

यही कात्तिक ९ गतेदेखि ११ गतेसम्म हुने वैज्ञानिक सम्मेलनमा १५ देशका वैज्ञानिकहरू भेला हुँदैछन्।

Advertisement
Advertisement

नेपाल मटेरियल्स साइन्स सोसाइटीको आयोजना तथा सुदूरपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पसअन्तर्गत एप्लाइड साइन्सेस, केमिकल इन्जिनियरिङको सहआयोजनामा वैज्ञानिक सम्मेलन हुन लागेको हो।

Advertisement

वैज्ञानिक सम्मेलन ललितपुरस्थित होटल हिमालयमा हुनेछ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले कात्तिक ९ गते दिउँसो सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ।

कार्यक्रमबारे आयोजक संस्थाले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। वैज्ञानिकहरू सोमबारदेखि नै नेपाल आउने क्रम सुरू भइसकेको पनि जानकारी दिइएको छ।

आयोजक संस्थाका तर्फबाट पत्रकार सम्मेलनमा जानकारी दिएका डा. देवलप्रसाद भट्टराईले सबैभन्दा धेरै चीनबाट १६ जना वैज्ञानिक सम्मेलनका लागि आउने तय भएको जानकारी दिए। नेपालका साथै अमेरिका, जापानलगायत देशबाट पनि वैज्ञानिकहरू सम्मेलनमा आउनेछन्।

विभिन्न क्षेत्रमा वैज्ञानिकहरूले गरेका रिसर्चहरू सम्मेलनमा प्रस्तुत गरी त्यसमाथि अन्तर्क्रियासमेत हुनेछ। सम्मेलनमा करिब एक सय ५० जना वैज्ञानिकहरू सहभागी रहनेछन्।

ऊर्जा, स्वास्थ्यलगायतका क्षेत्रमा भएका अध्ययन र अनुसन्धानका साथै नेपालमा पाइने औषधिजन्य वनस्पतिलगायत विषयमा सम्मेलनमा वैज्ञानिकहरूले आफ्ना रिसर्च प्रस्तुत गर्नेछन्।

नेपालमा भए गरेका अनुसन्धान विश्व समुदायलाई जानकारी दिने उद्देश्यले सम्मेलन आयोजना गरिएको भट्टराईले जानकारी दिए। यस सम्मेलनबाट नेपाली विद्यार्थीहरूले विदेशमा विभिन्न क्षेत्रमा हुने गरेका रिसर्चका विषयमा पनि जानकारी लिन पाउने विश्वास आयोजकको छ।

सहभागी वैज्ञानिक, विद्यार्थी, विश्वविद्यालय अनुदान आयोग, शिक्षा मन्त्रालय, सुदूरपश्चिम विश्वविद्यालयलगायत संस्थाको आर्थिक सहयोगमा सम्मेलन गर्न लागिएको हो।