Tuesday, May 12

१० औं राष्ट्रिय महाधिवेशमा केन्द्रीय सदस्य प्रवासी एकता मञ्चका अध्यक्ष सिलवालले लिए सपथ ग्रहण

नेपालअखबार,काठमाडौँ । १० औं राष्ट्रिय महाधिवेशमा केन्द्रीय सदस्य भएका प्रवासी एकता मञ्चका अध्यक्ष द्रोण प्रसाद सिलवालले सपथ ग्रहण गरेका छन् ।

विशेष कारणले गर्दा सामूहिक रूपमा सपथ ग्रहण कार्यक्रममा उपस्थित हुन नसकेका द्रोण प्रसाद सिलवालले आज बिहान  नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले  सपथ ग्रहण गरेका छन् ।

Advertisement

उक्त सपथ ग्रहण कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनाल उपाध्यक्ष राजेन्द्र पाण्डे महासचिव घनश्याम भुसाल, पोलिट ब्युरो सदस्य द्वय मिना ज्ञवाली, दिलु पन्त ,नेपाल रिटर्नी एशोसियशनका अध्यक्ष प्रविण पौडेल सचिव द्वय प्रकाश महरा ,बम बहादुर विसी , स्याङ्जा जिल्ला अध्यक्ष विष्णु गिरीको उपस्थिति रहेको थियो ।कार्यक्रममा सिलवालले जापानमा संगठन विस्तार तथा समसामायीक विषयमा जानकारी गराएका थिए।