
नेपालअखबार, काठमाडौँ । सरकारले स्लोभानियासमेत ११ स्थानका अवैतनिक वाणिज्यदूत र महावाणिज्यदूतहरूको पदाधवि एक अवधि अर्थात् चार वर्षका लागि थप गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकका निर्णयहरू सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पूर्जा र भिसा स्टिकर छपाइ गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिए ।




