Monday, August 24

सूर्यदर्शन सहकारी ठगी प्रकरण : जीबी राईका साझेदार रामबहादुर खनाल पक्राउ

नेपालअखबार, काठमाडौँ  । सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा प्रहरीले अनुसन्धानका लागि रामबहादुर खनाललाई पक्राउ गरेको छ । तनहुँको बगालेफाँटका ४८ वर्षीय खनाललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार काठमाडौँको पानीपोखरीबाट पक्राउ गरेको हो। नेचर हर्ब्स इन्टरनेश्नलका सञ्चालक खनाल जीबी राई सञ्चालक रहेको गोरखा ग्रुप अफ कम्पनी लिमिटडका पनि शेयरधनी हुन् ।

Advertisement

सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार रास्वपा सभापति रवि लामिछानेमाथि अनुसन्धानका क्रममा रहेकै बेला खनाललाई पनि सोही प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

Advertisement
Advertisement

उनलाई शुक्रबार नै जिल्ला प्रहरी कार्याल्य, कास्कीमा पठाइएको बोगटीले बताए ।

Advertisement