Sunday, April 19

सुदूरपश्चिममा एक किलो सलह समाते २५ रुपैयाँ पुरस्कार

नेपाल अखबार, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले सलह किरा मारेर ल्याउने व्यक्तिलाई प्रति किलो २५ रुपैयाँ दरले पैसा दिने निर्णय गरेको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसाद शर्माले आइतबार यस्तो निर्णय गरिएको बताए ।
‘अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा सहलको प्रभाव परेको छैन’ उनले भने ‘यदि त्यो आएमा मारेर ल्याउनेलाई प्रति किलो २५ रुपैयाँ दिने निर्णय गरेका छौँ ।’
मन्त्रालयले कृषि विकास निर्देशनालयको नेतृत्वमा तीव्र उद्धार समिति समेत गठन गरेको छ । उक्त समितिको सिफारिसमा सलह मारेर ल्याएमा प्रति किलो २५ रुपैयाँ दिने निर्णय भएको प्रवक्ता शर्माले बताए ।
‘हामीले २० देखि ३० रुपैयाँसम्म तोक्न सिफारिस गरेका थियौं’ उनले भने, ‘मन्त्रालयले २५ रुपैयाँ दिने निर्णय गर्‍यो ।’
आइतबार नै सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहलाई रकम उपलब्ध गराउन निर्देशन गराइने प्रवक्ता शर्माले बताए ।
सलह किरा मारेर स्थानीय तहको कृषि शाखामा उपलब्ध गराए उक्त स्थानीय तहले रकम उपलब्ध गराउने जनाइएको छ ।
यसअघि प्रदेश ५ ले पनि एक किलो सलह समाते २० रुपैयाँ दिने निर्णय गरेको थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *