Tuesday, July 21

चार दशकपछि पर्वत अस्पतालमा खानेपानीको सुविधा

नेपालअखबार,कुश्मा। चार दशकपछि जिल्ला अस्पतालमा खानेपानी सुविधा उपलब्ध भएको छ।

Advertisement

९० लाखको लागतमा ‘लिफ्टिङ’ प्रविधि प्रयोग गरेर ४० वर्ष पुरानो पानीको समस्या समाधान भएको हो।

Advertisement
Advertisement

जिल्ला अस्पतालले कुश्मा नगरपालिका–५ गोपाङघाटबाट लिफ्टिङ प्रविधिमार्फत खानेपानीको व्यवस्था गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीले बताए।

Advertisement

कालीगण्डकी नदीको किनारमा रहेको मुहानदेखि लिफ्टिङ गरिएको पानी अस्पताल हाताभित्र निर्माण गरिएको १५० हजार लिटर क्षमताको  ट्याङ्कीमा संकलन गरिएको छ।

अस्पतालमा खानेपानी अभाव हुन नदिन प्रदेश स्वास्थ्य मन्त्रालय र अस्पतालले रकम लगानी गरेका थिए । यसअघि अस्पतालले ट्याङकरबाट पानी आपूर्ति गर्दा वार्षिक रु छ लाख ब्यहोर्दै आएको थियो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बास्तोलाका अनुसार पन्ध्र शय्याको अस्पतालले हाल ५० शय्या राखेर सेवा प्रवाह गरिरहेको छ।

अस्पतालले गत वर्ष ५८ हजार छ सय २६ बिरामीको सेवा गरेको छ।