Tuesday, July 21

महाकविको सम्झनामा स्मृति काव्य उत्सव

नेपालअखबार,अछाम । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा आज यहाँ देवकोटा स्मृति काव्य उत्सव सम्पन्न भएको छ । देवकोटाहरूको उद्गम थलो अछामको ढकारी गाउँपालिका वडा नम्बर ८ मा उत्सव सम्पन्न भएको हो ।

Advertisement

देवकोटा बन्धु समाजको आयोजनामा उत्सवमा साहित्यिक, सांस्कृतिक, देउडा अनि देउसीभैलो कार्यक्रम गरिएको थियो । देशभर छरिएर रहेका देवकोटा बन्धुहरूलाई आफ्नो इतिहासबारे जानकारी दिन उत्सव आयोजना गरिएको समाजका अध्यक्ष नवराज देवकोटाले बताए ।

Advertisement
Advertisement

देवकोटाको इतिहास हराउँदै गएको अवस्थामा लक्ष्मीप्रसाद देवकोटाका पुर्खा  ढकारीबाट बसाइँ सरेका तथा त्यसबारे देशवासीलाई जानकारी दिन तथा उक्त स्थललाई चिनाउन गाउँपालिकाले महाकवि देवकोटाको सालिक स्थापना गर्ने ढकारी गाउँपालिका अध्यक्ष प्रकाश साउदले घोषणा गरे ।

Advertisement

उत्सवमा कवि पहल असिम, कमलराज केसी, मनोज विवश, नेत्रप्रसाद उपाध्यायले लक्ष्मीप्रसादको सम्झनामा कविता सुनाएका थिए भने गजलकार जीवन सरोवर, लक्ष्मण सङ्गम, खेम बगर, जनक अधिकारीलगायत गजलकारले गजल तथा रचना सुनाएका थिए । देउडा गायक राजाराम भाटले देउडा गीतमार्फत महाकविको स्मरण गरे ।