Tuesday, August 4

गैंडाको आक्रमणबाट वृद्धको मृत्यु

नेपालअखबार, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा गै‌ंडाको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ।

Advertisement

मंगलबार दिउँसो पौने १ बजे कावासोती नगरपालिका-७ कृष्णसार सामुदायिक वनमा गैंडाले आक्रमण गर्दा एक जना वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जेसी शाहले जानकारी दिए।

Advertisement
Advertisement

वनमा गाईवस्तु चराउने क्रममा ६५ वर्षीय सुकबहादुर बोटेमाथि गैंडाले आक्रमण गरेको हो।

Advertisement

आक्रमणबाट उनको छातीमा गम्भीर चोट लागेको थियो। उपचारको लागि कालिगण्डकी अस्पताल पुर्‍याइएको थियो। चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ।