Wednesday, July 29

नागढुंगाबाट सुनसहित एक पुरूष पक्राउ

नेपालअखबार,काठमाडौं । काठमाडौंको नागढुंगाबाट एक जना पुरूष सुनसहित पक्राउ परेका छन्।

Advertisement

सोमबार बिहान पौने ८ बजे चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट एक जनालाई प्रहरीले सुनसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

Advertisement
Advertisement

बुटवलदेखि काठमाडौं आउँदै गरेको लु २ ख ६८५८ नम्‍बरको बसलाई प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोको टोलीले जाँच गरेको थियो।

Advertisement

जाँचको क्रममा भारतको उत्तरप्रदेशका २७ वर्षीय कनैया लालले कार्बनको कागजलाई टेपले बेरेर शरीरमा लुकाएर राखेका थिए। उक्त कागजको पोका भित्र ३५६ ग्राम सुन बरामद भएको हो। प्रहरीले यस घटनाको थप अनुसन्धान अघि बढाएको छ।