Sunday, July 26

शेख हसिनाविरूद्ध रेड नोटिस जारी गर्न बंगलादेशले गर्‍यो इन्टरपोलमा पत्राचार

नेपालअखबार,काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध रेड नोटिस जारी गर्न विशेष अदालतले इन्टरपोलमा पत्राचार गरेको हो।

Advertisement

पूर्वप्रधानमन्त्री हसिनाले प्रदर्शनकारीको हत्या गरेको कसुरमा मंगलबार रेड नोटिस जारी गर्न इन्टरपोलमा पत्राचार गरेको एसोसिएटेड प्रेसले जनाएको छ।

Advertisement
Advertisement

सरकारी वकिल बिएम सुल्तान महमुदले प्रहरी प्रमुखमार्फत इन्टरपोलमा पत्राचार गरेको समाचारमा उल्लेख छ।

Advertisement

आरक्षणसम्बन्धी प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रधानमन्त्री हसिनाले पदबाट राजीनामा दिएर भारत पुगेकी थिइन्। त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन्।

त्यसपछि अगष्ट ८ मा नोबल पुरस्कार बिजेतासमेत रहेका मुहम्मद युनुसलाई अन्तरिम सरकार प्रमुख बनाएको थियो।

गत कात्तिकमा बंगलादेशको विशेष अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो। उनलाई नोभेम्बर १८ सम्म अदालतमा हाजिर हुन आदेश दिएको थियो।

१५ वर्षसम्म सत्तामा रहेकी उनीविरूद्ध मानवताविरूद्धको अपराध कसुरमा पुर्जी जारी भएको थियो। प्रदर्शनको क्रममा मानव उल्लंघन, ठूलो समूहलाई पक्राउ र उनका राजनीतिक प्रतिस्पर्धीको गैरन्यायिक हत्या समेत गरेको आरोप छ।

अदालतले हसिनाको अवामी लिग पार्टीका पूर्वमहासचिव ओबाइदुल क्वेदरसहित ४४ जनाविरूद्ध पुर्जी जारी गरेको थियो। अन्य ४४ जनाको नाम भने सार्वजनिक भएको छैन। हसिनाको सत्ताच्यूत भएपछि दर्जनौं साथीहरूलाई पक्राउ गरेको थियो।