Sunday, July 26

झारखण्डमा पहिलो चरणसहित उपचुनावका लागि मतदान सुरु

नेपालअखबार,राँची । झारखण्डमा बुधबार विधानसभा चुनाव अन्तरगत पहिलो चरणको मतदान सुरु भएको छ । यस चरणमा राज्यको ८१ विधानसभा सीटहरू मध्ये ४३ मा मतदान भइरहेको छ।

Advertisement

राज्यका पूर्व मुख्यमन्त्री चम्पाई सोरेन र पूर्व सांसद गीता कोडासहित ६८३ उम्मेदवारको सिटमा आज मतदान हुँदैछ।

Advertisement
Advertisement

झारखण्डमा दुई चरणमा विधानसभा चुनाव हुँदैछ। दोस्रो चरणको मतदान नोभेम्बर २० मा हुनेछ भने निर्वाचनको नतिजा नोभेम्बर २३ मा सार्वजनिक हुनेछ।

Advertisement

झारखण्ड बाहेक बिहार, पश्चिम बंगाल, मध्य प्रदेश, छत्तीसगढ, केरला, राजस्थान र असमका विभिन्न लोकसभा र विधानसभा सिटहरूमा उपचुनावका लागि मतदान भइरहेको छ। कांग्रेस महासचिव प्रियंका गान्धी वायनाड लोकसभा सीटबाट चुनावी मैदानमा छिन्।