Thursday, July 30

नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेशको अध्यक्षमा ठगेन्द्रप्रकाश पुरी चयन

नेपालअखबार,सुर्खेत । नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश अध्यक्षमा ठगेन्द्रप्रकाश पुरी चयन भएका छन् । एकीकृत समाजवादीको कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनले पुरीलाई बुधवार सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

Advertisement

सोमबारदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा सुरु भएको एकीकृत समाजवादी कर्णाली प्रदेश अधिवेशनले १४१ सदस्यीय प्रदेश कमिटी समेत चयन गरेको छ ।

Advertisement
Advertisement

प्रदेश अध्यक्ष चुनिएका पुरी यसअघि राष्ट्रिय सभा सदस्य समेत भइसकेका थिए । २०३१ साल मंसिर २३ गते बाँफिकोट गाउँपालिका—५, रुकुम पश्चिममा जन्मिएका पुरीले २०४६ साल देखि तत्कालीन नेकपा माले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु एकताको पाँचौँबाट विद्यार्थी राजनीतिक थालेका थिए ।

Advertisement

२०५० सालमा नेकपा एमाले दाङ जिल्ला कमिटीको कार्यालय सहायक भएर काम गरेका उनले प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको दोस्रो राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएर लगातार १३ वर्ष काम गरे ।एकीकृत समाजवादीको प्रदेश अधिवेशनबाट धिरबहादुर विष्ट सचिव र धनकुमारी जिसी उपसचिवमा निर्वाचित भएका छन् ।