Tuesday, July 28

चार देशका राजदूतहरूले राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए

नेपालअखबार,काठमाडौँ  । चार देशका राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।पाकिस्तान, कतार, इजरायल र चीनका लागि अनुमोदित राजदूतहरूलाई आइतवार शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

Advertisement

शपथग्रहण गर्ने राजदूतहरूमा कतारका लागि अनुमोदित रमेशचन्द्र पौडेल, इजरायलका लागि अनुमोदित प्रा. धनप्रसाद पण्डित, चीनका लागि अनुमोदित प्रा.डा.कृष्णप्रसाद ओली र पाकिस्तानका लागि अनुमोदित रीता धिताल छन्।

Advertisement
Advertisement

Advertisement