Tuesday, July 28

इजरायली हवाई हमलामा हिजबुल्लाहका मिडिया प्रमुख मारिए

नेपालअखबार,बेरुत । हिजबुल्लाहका मिडिया प्रमुख मोहम्मद अफिफ लेबनानको बेरुत सहरमा इजरायली हवाई आक्रमणमा मारिएका छन् । हिजबुल्लाहले यसको पुष्टि गरेको हो।

Advertisement

लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा चार जनाको मृत्यु भएको बताए पनि मन्त्रालयले ती व्यक्तिहरू को थिए भन्ने बताएको छैन।

Advertisement
Advertisement

मोहम्मद अफिफ सार्वजनिक रूपमा देखिने हिजबुल्लाहका थोरै नेता मध्ये थिए। अफिफ अन्तिम पटक गत सोमबार पत्रकार सम्मेलनमा देखिएका थिए ।इजरायली आक्रमणमा १४ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ

Advertisement

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले आइतबार लेबनानको दक्षिणी उपनगरहरूमा हिजबुल्लाहको छवटा स्थानमा आक्रमण गरेको बताएको छ। इजरायलले गत हप्तादेखि आफ्नो आक्रमणलाई तीव्र पारेको छ। यसअघि हिजबुल्लाह नेता हसन नसरल्लाह पनि इजरायली आक्रमणमा मारिएका थिए।