Wednesday, July 29

दाङमा ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

नेपालअखबार,दाङ। दाङमा ब्राउन सुगरसहित तीन युवक पक्राउ परेका छन्।

Advertisement

पक्राउ पर्नेहरूमा भारतको रूपौडिया घर भइ अहले दाङको तुलसीपुर बस्दै आएका ३४ वर्षीय इरफान राई, तुलसीपुर – ६ का २८ वर्षीय मनोज सुनार र १९ वर्षीय रञ्जित बुढाथोकी छन्।

Advertisement
Advertisement

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार इरफान राइ शनिबार नै पक्राउ परेका थिए।

Advertisement

नेपालगञ्जबाट तुलसीपुरतर्फ आउँदै गरेको लु १ ख ४६०१ नम्बरको गाडी तुलसीपुरको दमारगाउँ चेकपोस्टमा चेकजाँचका क्रममा इरफानको साथबाट ३ ग्राम ८१२ मिलिग्राम ब्राउन सुगर बरामद फेला परेको थियो।

अनुसन्धान र सोधपुछको क्रममा प्रहरीले आइतबार मनोज र रञ्जितलाई पनि पक्राउ गरेको हो। पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भइरहेको इन्स्पेक्टर थापाले जानकारी दिए।