Monday, August 17

ट्रम्प राष्ट्रपति बनेपछि रूस-युक्रेन युद्ध चाँडै अन्त्य हुन्छ : जेलेन्स्की

नेपालअखबार, काठमाडौं ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकामा डोनाल्ड ट्रम्पले जिम्मेवारी सम्हालेपछि रूस-युक्रेन युद्ध चाँडै सकिने बताएका छन्।

Advertisement

युक्रेनको सरकारी रेडियोसँगको कुराकानीमा जेलेन्स्कीले अब ह्वाइट हाउस नेतृत्व गर्ने टिमको नीतिले लडाइँ अन्त्य हुने बताएका हुन्।

Advertisement
Advertisement

‘परिस्थिति कठिन छ। अब ह्वाइट हाउस नेतृत्व गर्ने टिमको नीतिले युक्रेनमा रूसको लडाइँ अन्त्य हुनेछ,’ जेलेन्स्कीले भनेका छन्।

Advertisement

युक्रेनमा रूसको लडाइँ अन्त्य ट्रम्पको प्रतिबद्धता समेत रहेको जेलेन्स्कीले स्मरण गराए।

‘यो उनीहरुको दृष्टीकोण हो, समाजप्रति गरेको प्रतिबद्धता हो र उनीहरूका लागि यो महत्वपूर्ण पनि छ,’ जेलेन्स्कीले भनेका छन्।

जेलेन्स्कीले युक्रेनी भूभागमा अर्को वर्षभित्र युद्ध अन्त्य गर्नका लागि आफ्नो पक्षबाट भरमग्धुर प्रयत्न हुने बताए।

ट्रम्पले जनवरीमा अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन्।

ट्रम्पले राष्ट्रपति चुनावको प्रचारप्रसारका क्रममा आफू राष्ट्रपति भएको भए रूस-युक्रेन यद्ध नै नहुने दाबी पटकपटक गरेका थिए।

गत जुलाइको एक कार्यक्रममा ट्रम्पले रूस-युक्रेनबीचको लडाइँ एकैदिनमा अन्त्य गरिदिन सक्ने बताएका थिए। यद्यपि कसरी समाधान हुन्छ भन्नेबारे भने बताएका थिएनन्।

चुनावी प्रचारकै क्रममा ट्रम्पका सहयोगी जेडी भान्सले युक्रेनप्रति अमेरिकी प्रतिबद्धताबारे शंका व्यक्त गरेका थिए।

रूस र युक्रेन सन् २०२२ को फेब्रुअरीदेखि युद्धमा छन्। युक्रेनलाई रूसविरूद्ध लड्न अमेरिकाले सहयोग गर्दै आएको छ।

ट्रम्प र रिपब्लिकनले अमेरिकाले युक्रेनलाई गरेको सहयोगप्रति पटकपटक प्रश्न उठाउँदै आएका छन्।