Thursday, July 23

भिडभाड बढेकोप्रति स्वास्थ्य मन्त्रालयको गम्भीर चिन्ता, भौतिक दूरी कायम गर्न पुनः अपील

नेपाल अखबार, काठमाडौं । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यका लगायत घनाबस्तीहरुमा कोरोनाको जोखिम बढिरहेको उल्लेख गर्दै भौतिक दूरी कायम गर्न पुन अपील गरेको छ ।

Advertisement
मन्त्रालयले अन्य स्वास्थ्य सुरक्षाका उपाय अपनाउन पनि आग्रह गरेको छ ।
सोमबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अहिले सडकहरुमा हिँडडुल गर्नेहरुको भीड बढेको, विवाह व्रतबन्धहरुमा भोज भतेर गरेर भीडभाड भएको कुराहरु देखन थालेको प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताए ।
कोरोना संक्रमणको जोखिम कम भएजस्तै गरी भइरहेको गतिविधि प्रति मन्त्रालयले गम्भिर चिन्ता व्यक्त गर्दै सचेतना अपनाउन र अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *