Monday, July 27

८३ करोड बढी रुपैयाँमा बिक्री भयो भित्तामा टाँसिएको केरा

नेपालअखबार , काठमाडौं । अमेरिकामा एउटा केरा ६२ लाख डलर (८३ करोड रुपैयाँ भन्दा बढी) मा बिक्री भएको छ।

Advertisement

क्रिप्टोकरेन्सीका व्यवसायी जस्टिन सनले लिलामीमा राखिएको एउटा केरा ६२ लाख डलरको बोली लगाएर किनेका हुन्।

Advertisement
Advertisement

यो केरालाई इटालियन कलाकार एवं व्यंग्यकार मौरिजियो क्याटेलानले ‘कमेडियन’ नाम दिएर कलाकृतिको रूपमा प्रस्तुत गरेका थिए। न्यूयोर्कमा रहेको चर्चित अक्सन हाउस सदबिजमा यसको लिलामी भएको हो।

Advertisement

केरालाई एक भित्तामा टेपले टाँसिएको थियो।

उक्त केरा किन्ने व्यक्ति क्रिप्टोकरेन्सी ट्रोनका संस्थापक सन हुन्। उनले यसको भुक्तानी पनि क्रिप्टोमार्फत गरेका हुन्।

‘यो कलाले भविष्यमा थप विचार र छलफललाई प्रेरित गर्ने र इतिहासको हिस्सा बन्नेमा म विश्वस्त छु,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

यस्तै उनले किनेको यो केरालाई खाने पनि ट्विटमा उल्लेख गरेका छन्।

‘आउने दिनमा अद्वितीय कलात्मक अनुभवको रूपमा यस केराको कला-इतिहास र लोकप्रिय संस्कृति दुवैलाई सम्मान गर्दै खानेछु,’ उनले लेखेका छन्।

उनले उक्त केरा किन्दा एउटा टेपको रोल पनि दिइएको थियो। जसमा केरा कसरी ‘इन्स्टल’ गर्ने समेत भनिएको थियो।

केरा केही दिनमै बिग्रिने गर्दछ। सनले किनेको केरा पनि सम्भवत: केही दिनमै बिग्रिनेछ। यसबारे सदबिज कन्टेम्पररी आर्टका प्रमुख डेभिड गलपेरिनले केरा किनेसँगै आफ्नो भित्तामा सनले जुनसुकै केरालाई कलाको रूपमा टाँस्न अनुमति पाउने बताए।

‘कमेडियन’ यसअघि सन् २०१९ मा चर्चामा आएको थियो। मायामीको आर्ट बसेलमा यसलाई १ लाख २० हजार डलरमा बिक्री गर्न राखिएको थियो। त्यसको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको थियो।