Friday, July 31

राहदानी वितरणको काम अनिश्चितकालका लागि ठप्प

नेपालअखबार,काठमाडौं । राहदानी वितरणको काम अनिश्चितकालका लागि ठप्प भएको छ । दुई दिनदेखि सेवाग्राहीले नयाँ राहदानी बनाउने काम ठप्प भएको छ ।

Advertisement

राहदानी विभागको विद्युतीय राहदानी प्रणालीमा समस्या आएपछि राहदानी वितरणको प्रक्रिया ठप्प भएको हो । यसले गर्दा तुरुन्तै रहादानी बनाएर विदेश उड्नुपर्ने र प्रक्रिया थाल्नुपर्नेहरु प्रभावित भएका छन् । हिजो बिहीबारदेखि नै राहदानी वितरणको सबै कामकाज ठप्प भएको छ ।

Advertisement
Advertisement

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल आइतबारसम्म त्रिपरेश्वरस्थित विभागको मुख्यालयबाट सेवा थाल्ने गरी समस्या समाधानको प्रयास भइरहेको बताउँछन् । ‘प्रणालीका केही कम्प्युटर सफ्टवेयरमा मालवेयर छिरेको थाहा पाएपछि प्रणालीमा जोखिम नहोस् भनेर बन्द गरको छौं,’ उनले भने,’तथ्यांकको सुरक्षा लगायतका दृष्टिबाट सबै समस्या समाधान भएपछि सेवा सुरु हुन्छ ।’

Advertisement

विभागले शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेर राहदानी प्रणालीमा आएको समस्या समाधान गर्न प्राविधिक समूहले काम गरिरहेको उल्लेख गरेको छ । समूहले कम्तीमा ९ मंसिरसम्म यो समस्या समाधान नहुने प्रारम्भिक निष्कर्ष निकालेको पत्रमा उल्लेख छ ।१० मंसिरदेखि सबै समस्या समाधान गरेर सेवा पुनः सुरु गर्न विभाग प्रयासरत रहेको बताइएको छ । तर, अधिकारीहरु १० गतेसम्म पनि प्रणालीको समस्या हल हुनेमा आशावादी छैनन् ।