Sunday, May 10

नेपाल प्रहरीका ८ जना एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस

नेपालअखबार, काठमाडौँ । नेपाल प्रहरीका ८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरू डिआइजीमा बढुवाका लागि सिफारिस भएका छन्।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिको आइतबार बसेको बैठकले नेपाल प्रहरीको जनपदप्रहरी तर्फका ८ जना एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।

Advertisement

डिआइजी बढुवामा सिफारिस हुने एसएसपीहरूमा ध्रुबराज राउत, भोलाबहादुर राउत, गणेश चन्द, सिद्धिबिक्रम शाह, सुशिलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक छन्।

बढुवा समितिको सिफारिस मन्त्रिपरिषद बैठकले अनुमोदन गरेपछि उनीहरूको बढुवा हुनेछ।

dig-badhuwa-1732495200.jpg