Thursday, July 16

रोल्पा ट्राफिक प्रहरी कार्यालय प्रमुख घुससहित पक्राउ

नेपालअखबार,रोल्पा। रोल्पा जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकी २५ हजार घुससहित पक्राउ परेका छन्।

Advertisement

सोमबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रोल्पा नगरपालिका-४ स्थित निवासबाट घुससहित पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

Advertisement
Advertisement

उनका अनुसार बुढाथोकीले सवारीसाधनलाई आवतजावत गर्न सहजीकरण गरिदिएबापत घुस माग गरिरहेको भन्ने सूचना प्राप्त भएको थियो। उक्त सूचनाको आधारमा नेपालगन्जबाट खटिएको अख्तियारको टोलीले घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

Advertisement

उनीमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको छ।