Friday, March 13

टिकटकसहित ५९ चिनियाँ एपमा भारतले लगायो प्रतिबन्ध

नेपाल अखबार, एजेन्सि। टिकटकसहित ५९ स्मार्टफोन एपमा भारतले प्रतिबन्ध लगाएको छ।
भारतले प्रतिबन्ध लगाएका र बढी प्रयोग हुने एपहरुमा टिकटकसहित यूसी ब्राउजर तथा सेयर इट एप पनि छन।
पुर्वी लद्दाखको गलवान उपत्यकामा चिनियाँ सेनासँगको झडपका क्रममा २० भारतीय सैनिकको मृत्युपछि भारतमा चिनियाँ सामानमा प्रतिबन्धको आवाज उठेको थियो।
सोही आवाज उठिरहेका बेला सोमबारर भारतको इलेक्ट्रोनिक्स तथा आईटी मन्त्रालयले यी एप ‘भारतको सर्वभौमसत्ता, एकता र सुरक्षाका दृष्टिकोणले हानिकारक’ भएका कारण प्रतिबन्ध लगाइएको जनाएको छ।
यी एपहरु एन्ड्रोइड तथा आइओएस दुबै प्लेटफर्ममा प्रतिबन्ध हुने मन्त्रालयले जनाएको छ।
यी एपहरु भएका मोबाइलमा भने जबसम्म तिनलाई हटाइन्न तबसम्म रहने भएको छ। तर गुगल प्लेस्टोरबाट समेत हटाइने भएकाले एपहरु अपटेड हुने छैनन।
प्रतिबन्ध लगाएका एपहरु:
Image

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *