Thursday, July 16

१० भारतीय र एउटा चिनियाँ विश्वविद्यालयको इन्जिनियरिङलाई सरकारको मान्यता

नेपालअखबार,काठमाडौँ । सरकारले १० भारतीय र एउटा चिनियाँ विश्वविद्यालयको इन्जिनियरिङ उपाधिलाई मान्यता दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै सम्बन्धित विश्वविद्यालयका विभिन्न विषयलाई मान्यता दिने उल्लेख गरेको हो । यसरी मान्यता पाएका विश्वविद्यालय र विषयमा गुजरातको पण्डित दिनदयाल विश्वविद्यालयको कम्प्युटर इन्जिनियरिङ, गुजरातकै आरके युनिभर्सिटीको कम्प्युटर इन्जिनियरिङ, गणपत विश्वविद्यालयको सूचना प्रविधि, चरोतर युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी र पारुल युनिभर्सिटीको एग्रिकल्चर इन्जिनियरिङ रहेका छन् ।

Advertisement

त्यस्तै, उत्तर प्रदेशको इभर्टिस युनिभर्सिटीको कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ, मध्य प्रदेशको सरदार पटेल विश्वविद्यालयको इलेक्ट्रोनिक एण्ड कम्युनिकेसन इञ्जिनियरिङको बायोइञ्जिनियरिङ, तमिल नाडुको भेल टेक रंगराजन आर एण्ड डी इन्सिच्युट अफ साइन्स एण्ड टेक्नोलोजीको बायोटेक्नोलोजी, हरियानाको ओम स्टर्लिङ ग्लोबल युनिभर्सिटीको सिभिल इन्जिनियरिङ, जयपुरको विवेकानन्द ग्लोबल विश्वविद्यालयको इलेक्ट्रिकल इन्जिनियरिङलाई मान्यता दिइएको छ ।

Advertisement
Advertisement

त्यस्तै, चीनको जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीको सिभिल इञ्जनियरिङलाई समेत मान्यता दिइएको मन्त्रालयले जनाएको छ ।

Advertisement